add

कनेक्ट आइपीएस मार्फत तिहार र छठमा निःशुल्क फण्ड ट्रान्सफर






ActPro Nepal

|

६ कार्तिक, २०७९

|
550

काठमाडौं । नेपाल क्यिलरिङ हाउस (एनसीएचएल) ले दैनिक २ लाख रुपैयाँसम्म मोबाइल बैंकिङ्गबाट कनेक्ट आइपीएस् मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलिने भएको छ ।

तिहार तथा छठको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रवद्र्घन गर्नका निम्ति सो अफर ल्याएको हो ।

यो अफर कार्तिक ७ गते देखि १३ गतेसम्म लागु हुनेछ ।

चाड पर्वको बेलामा नगदको सट्टा मोबाइलमा आधारित फण्ड ट्रान्सफर गर्न थप प्रोत्साहन गर्नका निम्ती बैंक वित्तीय संस्थासँगको समन्वयमा एनसीएचएलले यो अफर लागू गरेको जनाएको छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरी, फण्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएसलाई छनोट गर्नुपर्नेछ ।

हाल मोबाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएसमार्फत प्रति दिन प्रति कारोबार २ लाखसम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.