add

स्टारलिंकले हवाइजहाजमा ३५० एमबीपीएसको इण्टरनेट उपलब्ध गराउने






ActPro Nepal

|

४ कार्तिक, २०७९

|
602

काठमाडौं । एलन मस्कको कम्पनी स्टारलिङ्कले अब हवाइजहाजमा पनि सेवा दिने भएको छ ।

स्याटलाइटबाट इण्टरनेट उपलब्ध गराउने सो कम्पनीले हवाइजहाजमा पनि सेवा दिन लागेको हो । कम्पनीले सन् २०२३ मा स्टारलिङ्क एभिएसन लञ्च गरेर निश्चित जहाजमा इण्टरनेट उपलब्ध गराउने जानकारी दिएको छ ।

जसअनुसार ३५० एमबीपीएससम्मको इण्टरनेट हुनेछ । यो गतिको इन्टरनेटमा भिडियो कलमा कुरा गर्न, अनलाइन गेम खेल्न तथा अन्य धेरै डेटा खपत गर्ने अरु गतिविधिका लागि प्रयोग गर्न सकिने छ ।

हाल धेरै जहाजले इण्टरनेटका लागि ‘एयर टु ग्राउन्ड’ प्रणाली प्रयोग गरिरहेका छन्, । त्यस्तै स्याटलाइट प्रणालीबाट समेत जहाजमा इन्टरनेट सेवा उपलब्ध भइरहेको छ । यस्तो प्रणालीले प्रति जहाज ३० देखि १०० एमबीपीएस इन्टरनेटको गति उपलब्ध गराउँदै आएको छ ।

यस्तो अवस्थामा धेरैले जहाजमा प्रयोग गर्न सक्ने स्टारलिङ्कको इण्टरनेट बन्ने पक्का छ । कम्पनीका अनुसार स्टारलिङ्कको इण्टरनेटले जहाजको टेकअप देखि लेन्डिङसम्म काम गर्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.