add

विक्रम पाण्डे भन्छन-माडी मणि बन्न सकेन, त्यसैले चुनावी मैदानमा आएँ






ActPro Nepal

|

३ कार्तिक, २०७९

|
479

चितवन । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि फेरि चुनावी मैदानमा आएको बताएका छन् ।

माडी–२ चिरौलीमा चुनावी प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै विकासको पर्खाइमा माडीले अब कुर्न नहुने बताए ।

‘माडी मणि बनेपछि, आकाशे पुल, सुरुङ मार्ग बनाउँछु भनेका थिए, ती बनेपछि आउँला भन्दै पर्खिएँ, तर कुर्दा कुर्दै थाकियो’, उनले भने ‘राष्ट्रिय लेभलको नेताले जितेपनि ५ वर्ष खेर गयो, अब माडी पछि पर्नुहुँदैन ।’ पाण्डे चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

उनले माडी नगरपालिकालाई देशकै विकसित नगरका रुपमा विकास गर्ने भिजन लिएर आएको बताए । ‘योजना होइन, आयोजना ल्याउनेछु, माडीलाई सुन्दर र विकसित बनाउनेछौँ’, उनले भने, ‘अर्गानिक खेती विस्तार गर्नेछौँ, विदेशदेखि किसानहरु अवलोकन गर्न आउने क्षेत्रका रुपमा बनाउने कार्यक्रमहरु लागु गर्नेछु ।’ उनले जनप्रतिनिधि पार्टी नभई जनताप्रति बफादर बन्नुपर्नेमा जोड दिए । ‘पहिलेका सांसदलाई जनताले देख्न पाएनन्, औला उठाउन पनि पाएनन्’, उनले भने, ‘राष्ट्रिय लेभलको मान्छे माडीले पाएपनि विकास पाएन, अब त्यो गल्ती माडीबासीले दोहो¥याउने छैनन् ।’

राजनीतिको खेती गर्नेहरुले जनतालाई पटक पटक दुःख दिदै आएकाले यसपालीको चुनावमा लखेट्नुपर्ने उनको भनाइ थियो । उनले सदनमा राष्ट्रवादीहरु नपुगे देशकै बिक्री गर्ने जोखिम हुने भएकाले यसपाली राष्ट्रवादीलाई चुनावमा जिताउन लाग्नुपर्ने बताए ।

उनले २०७० मा आफू संविधान सभा सदस्य हँदा पारेको बजेटकै आधारमा बनेका पुलहरुको उद्घाटन गरेर विकास ल्याएँ भनेर प्रचार गर्दै हिँड्ने तर अहिले निर्वाचन क्षेत्र नै छाडेर भाग्न अवस्था सिर्जना भएको बताए ।

उनले मोटरसाइकलमा नभई पैदलबाटै जनताको घरदैलोमा पुग्न आग्रह गरे । ‘हरेक जनताका समस्याहरु टिपोट गर्नुस्, रेकर्ड राख्नुस्’, उनले भने, ‘चुनाव जितेपछि जनताका हरेक समस्याहरु समाधान गर्न लागिपर्नेछौँ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.