add

चुनावी सरगर्मी-मोटरसाइकलमा बसेर चुनाव प्रचार गर्दै विनोद चौधरी






ActPro Nepal

|

३१ असोज, २०७९

|
765

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सरगर्मी सुरु भएको छ । फोर्ब्सको अर्बपति सूचीमा पर्ने एक मात्र नेपाली उम्मेदवार चुनावी अभियानमा लागेका छन् ।

नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता विनोद चौधरी मोटरसाइकलको पछाडि बसेर चुनावी अभियानमा लागेका हुन् ।

चौधरीले नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को सिसानी, प्रतापपुर क्षेत्रमा चुनावी अभियान शुरु गरेका छन् ।

चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट र २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् ।

अहिले उनको मुख्य प्रतिस्पर्धी राजनीतिक चतुर खेलाडी हृदयेश त्रिपाठी भएका छन् ।

६७ वर्षीय चौधरीले आफू आर्थिक रुपमा सक्षम भएकाले यो क्षेत्रलाई समृद्ध बनाउन प्रत्यक्ष चुनावमा आएको बताएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.