add

के छन् नुवाकोटका जनताका निम्ति दिपेश लामाको प्रतिबद्दताहरु ?






ActPro Nepal

|

३१ असोज, २०७९

|
1114

काठमाडौ । यतिबेला नुवाकोटका नेताहरूमा चुनाव सारगर्मी बढेको छ । 

नुवाकोट निर्वाचन  क्षेत्र न २  प्रदेश क बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) का उम्मेदवार दिपेश लामाले नुवाकोटका जनता सामु आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन । रा.प्र.पा नेता लामाले नुवाकोटको विकास र समृद्धिको निम्ति आफ्ना एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।

नेता लामाले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) को नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । मुलुकको विकासमा राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा) ले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको पनी बताए ।

विकासको निम्ति प्रतिवद्द नेता लामा निर्वाचित भएमा उल्लेखित एजेण्डालाई पुरा गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

सार्वजनिक सेवा र सामाजिक सुरक्षा

– स्थानीय सरकारकै भूमिका निर्वाह गर्नुपर्ने स्थानीय तहमा संवैधानिक अधिकारहरुलाई नीतिगत रुपमा कार्यान्वयन गरिने छ ।

– नगरपालिका भित्र बसोवास गरिरहेका जेष्ठ नागरिक, अशक्त नागरिक, अपाङ्ग नागरिक र एलक महिलाहरुको जीवन व्यवस्थापनमा आर्थिक सहयोग पुग्नेगरी सामाजिक सुरक्षा भत्ताको वृद्धि गर्नुका साथै उनीहरुको सिप, क्षमताको आधारमा आत्मनिर्भर बनाउने उपायहरु गरिने छ ।

– दैनिक प्रशासनलाई जनसेवामुखि, प्रभावकारी, छिटोछरितो तथा सरल, सर्वसुलभ र पारदर्शी बनाइने छ ।

– अनुगमन र निरीक्षण प्रणालीलाई नियमीत र प्रभावकारी बनाईने छ ।

– प्रशासनिक जनशक्तिको व्यवस्थापन गर्दा योग्यता, क्षमता र अनुभवलाई प्राथमिकतामा राखिने छ ।

– नागरिक अधिकारहरु वडास्तरमा बिकेन्द्रित गरी सर्वसुलभ, छिटोछरितो र प्रभावकारी सेवा वडाबाटै प्रदान गरिने छ ।

– प्रगतिशील करप्रणालीमा जोड दिइनेछ ।

– आगामि पहिलो आर्थिक बर्षमा कुल बजेटको दुइतिहाइ रकम स्थानीय तहलाई निकासाको लागि अपिल गरिनेछ ।

– सरकारी रकमको बैंकिंग कारोवार बाणीज्य बैंक लगायत राज्यको लगानीबाट संचालनमा रहेका बैंकहरुबाट गरिने छ ।

– प्रदेश भित्र रहने सबै सरकारी कार्यालयहरुमा सुशासन कायम राख्न काममा ढिलासुस्ती तथा भ्रष्टाचार गर्नेहरु प्रति शुन्य सहनशीलता अपनाउने नीति ल्याइने छ ।

– दलित, उत्पिडीत तथा मुस्लिम लगायत अल्पसंख्यक समुदायको हीत र उत्थानका लागी बिशेष नीति ल्याइने छ

प्रदेशमा कार्यरत कर्मचारीको सेवा, सुबिधा र आवश्यकताकोे उचित ब्यबस्थापन नीति ल्याइने छ ।

– स्थानीय तहहरुको संचालन र ब्यवस्थापन गर्दा संघ, प्रदेश र अन्य स्थानीय तहहरु विच आपसी समन्वय कायम गरिनेछ ।

भूमि नीति

सो व्यवसायको लागि न्यूनतम ब्याजदरमा ती युवा व्यवसायीहरुलाई ऋण दिइने व्यवस्था गरिने छ । – यो प्रक्रिया मार्फत वार्षिक १०० जना युवाहरुलाई स्वरोजगार बनाइने छ । यसबाट युवा शक्ति विदेश पलायन हुने क्रमलाई रोकी देश भित्र युवा जनशक्तिको सदुपयोग गरिने नीति ल्याइने छ । साँस्कृतिक व्यवस्था – बहुसाँस्कृतिक विविधताले भरिपुर्ण रहेको हाम्रो संस्कृति दुई अतिबाट ग्रसित रहेकाले त्यसबाट जोगाउन नेपाली मौलिकताको संस्कृतिलाई संरक्षण र सहयोग गर्ने नीति ल्याइने छ । – बाह्यरुपमा बढिरहेको उत्तर आधुनिकवादी साँस्कृतिक अतिक्रमण र परम्पराको नाममा ब्याप्त रुढीवादी साँस्कृति नै यहाँको मुख्य साँस्कृतिक अन्तर्विरोध रहिआएकाले त्यसलाई समयसापेक्ष बनाउन आवश्यक नीती निर्माण गरीनेछ

– नुवाकोट बासिन्दा जनताको वास्तविक बहुआयामीक संस्कृति, संस्कार, रिति रीवाज, भाषा, धर्म, भेषभूषा आदिको पनि संरक्षण, सम्वद्र्धन, स्पान्तरण र समय सापेक्षिक आवश्यकता अनुरुप सञ्चालन गर्न नीतिगत व्यवस्था गरिने छ ।

– सबैको धर्म, संस्कार र परम्परालाई समान व्यवहार गरिने नीतिगत व्यवस्था गरिने छ ।

शान्ति सुरक्षा र न्याय  शान्तिसुरक्षा तथा न्यायीक ब्यवस्था लाई प्रभावकारी र जनसहभागितामुलक बनाइ सुरक्षा ब्यवस्था लागु गरिने छ ।

– मेलमिलापमा आधारित निष्पक्ष र जनउत्तरदायी न्यायसेवा उपलब्ध गराईने छ

– नुवाकोट शान्ति सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन हरेक २ वडा लाई हेर्न एक प्रहरी बिटको स्थापना गरिने छ । – इलाका प्रशासन र प्रहरी कार्यालय तथा नगरपालिकाको सबै वडामा समन्वयात्मक भूमिकामो शान्ति सुरक्षा प्रत्याभूती हुने गरी परिचालन गर्ने नीतिगत व्यवस्था गरिने छ ।

सुचना तथा संचार २१ औं शताब्दीको सूचना र प्रविधिको युगमा सरकारी कामकाजलाई पारदर्र्शी र जनमुखी बनाउन सबै प्रकारका सूचनाहरु आम नागरीकले मागेको समयमा उपलब्ध गराउने गरी कार्यालयमा एक सूचना डेक्सको स्थापना गरिने छ ।

– प्रदेश भित्र भए गरेका कामहरुलाई नगरपालिकाले हरेक त्रैमासिक रुपमा बुलेटिन प्रकाशित गर्ने व्यवस्था मिलाइने छ । –

नगरपालिकाका सबै वडाको कामहरुलाई डिजीटल प्रणाली मार्फत अनलाइन सिस्टममा राखिने छ । – जिल्ला भित्रका महत्वपूर्ण सार्वजनिक स्थानहरुमा बसेरै नगरपालिकाको सबै वडाका गतिविधि थाहा पाउन चाहने नागरीकहरुको पहुँच स्थापित गर्न फ्रि वाईफाईको व्यवस्था मिलाइने छ ।

नगरपालिकालाई कार्य क्षेत्र बनाई विभिन्न राष्टिूय तथा स्थानीय सञ्चार माध्यमहरुमा काम गरिरहेका क्रियासिल पत्रकारहरुको क्षमता, सिप, दक्षता तालिम, पुरस्कार, अवलोकन भ्रमण, लेखन क्षमता अभिवृद्धिका लागी कोष स्थापना गरिने छ । सहमतिको नमुना संस्कृति क् यश प्रदेश का गाउँपालिकालाई समन्वयात्मक संस्कृतिको नमुना नगर बनाइने छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि लाई सुझाव, सल्लाह र मार्गनिर्देशन दिन प्रदेश का नगरपालिका वडामा सल्लाहकार बोर्ड राखिेनछ । यसबाहेक विकास निर्माण, व्यवसाय, सामाजिक क्षेत्र, विज्ञान प्रविधि, कला साहित्य, खेलकुद र संचारक्षेत्रमा विषयगत विज्ञको रोस्टर तयार गरी क्षमता भएका व्यक्तित्वहरुबाट आवस्यक सल्लाह र परामर्श लिइनेछ । ‘हाम्रो नुवाकोट राम्रो नुवाकोट अबधारणामा नमुना संस्कृतिको निर्माण गरीनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.