add

इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि आइपीओ निष्काशन गर्ने






ActPro Nepal

|

१३ असोज, २०७९

|
576

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गर्न लागेको हो।

निष्काशन हुने कुल सेयरमध्ये ५ प्रतिशत (३३ हजार ५१५ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत (१३ हजार ४०६ कित्ता)सेयर छुट्याइएको छ । बाँकी ६ लाख २३ हजार ३८९ कित्ता सेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा कात्तिक १ गतेसम्म आवेदन दिन पाइन् छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा कात्तिक १४ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपाले केयर एनपी बी प्लस इस्यूअर रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.