add

गृहमन्त्री खाणले गरे काभ्रेमा प्रहरी प्रतिष्ठान भवन शिलान्यास






ActPro Nepal

|

७ असोज, २०७९

|
514

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको पनौती नगरपालिका–६ मा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका लागि  भूमिपुजन गरेका छन्।   

२५ नोभेम्बर २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आएका बेला प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले संयुक्त रूपमा परियोजना शिलान्यास गरेका थिए। 

करिब १० अर्ब बराबरको लागतमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठानमा प्रशासनिक तथा शैक्षिक भवन, खेल मैदान, स्विमिङ पुललगायत भौतिक संरचना निर्माण हुनेछन्। स्थानीय वास्तुकला र आधुनिक प्रविधिको समिश्रणमा करिब ६७२ रोपनी क्षेत्रफलमा फैलिने गरी प्रतिष्ठानका भवन र अन्य संरचना निर्माण हुनेछन्। 

दिगो विकास मापदण्डअनुरुप निर्माण हुने सो परियोजना वातावरण एवं ऊर्जामैत्री हुनेछ। आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ। 

कार्यक्रममा खाणले भारत सरकारको अनुदानमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भवनबाट नेपाल प्रहरीको भौतिक एवं वृत्ति विकासमा सहयोग पुग्ने खाणले बताए। प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले २५ वर्ष अगाडिदेखिको परियोजनालाई मूर्त रूप दिने काम सुरु भएकामा खुसी व्यक्त गरे। 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको महत्त्वपूर्ण कोसेढुंगाका रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना अघि बढेको बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.