add

सिटिजन्स बैंकले घोषणा गर्यो लाभांश






ActPro Nepal

|

७ असोज, २०७९

|
357

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट कर प्रयोजनसहित ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो आव २०७७/७८ को तुलनामा ७ प्रतिशत कम हो । बैंकले उक्त आवमा १२.९१ प्रतिशत बोनस सेयर र ३.०९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

हाल सिटिजन्सको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.