add

नेपाल टेलिकमले निःशुल्क ई–सिम वितरण गर्ने, यसरी लिनुहोस






ActPro Nepal

|

३० भदौ, २०७९

|
538

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट शुक्रबारदेखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण शुरु गर्ने भएको छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।

त्यसैगरी नयाँ पोष्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ । नयाँ प्रिपेड सिमकार्ड लिन चाहने

ग्राहकलाई भने हाललाई सो सिम उपलब्ध नगराइने बताइएको छ ।

के हो ई–सिम ?

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (एम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरबेल डिभाइस) हरूमा समेत प्रयोग गर्न सकिन्छ ।

हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने छन् ।

यो पनि

अवैध रुपमा भित्रने मोबाइल नियन्त्रण गर्न भदौ ३० देखि ‘एमडीएमएस’ औपचारिक रुपमा लागू हुँदै

अवैध फोन नियन्त्रण गर्न एमडीएमएस प्रणाली लागू

तपाइसँग रहेको मोबाइल एमडीएमएस प्रणालीमा दर्ता छ कि छैन ? यसरी हेर्नुहोस्






एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.