add

इष्टर्न हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

२८ भदौ, २०७९

|
558

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका भोजपुरवासीका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर विक्रीमा ल्याएको हो।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओमा रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.