add

मिटरब्याजी पीडितमाथि कीर्तिपुरमा प्रहरीको लाठी चार्ज






ActPro Nepal

|

२७ भदौ, २०७९

|
568

काठमाडौं । न्यायको माग गर्दै काठमाडौं आएका मिटरब्याजी पीडित र प्रहरीबीच कीर्तिपुरमा झडप भएको छ।

सोमबार काठमाडौंको कीर्तिपुरबाट माइतीघर आउन लागेका पीडितहरुलाई रोकेपछि झडप भएको हो । 

न्याय माग्दै काठमाडौ आएका पीडितहरु सोमबार सार्वजनिक सवारी चढेर माइतीघरसम्म आउन लागेका थिए । प्रहरीले गाडी चढ्न नदिएपछि पीडितहरु हिँडेरै माइतीघर आउन खोजेका थिए । प्रहरीले हिँडेर पनि जान नदिएपछि उनीहरुले कीर्तिपुरमै प्रदर्शन गरेका थिए। 

प्रदर्शनको क्रममा प्रहरीले पीडितमाथि लाठी चार्ज गरेको छ । प्रहरीको लाठी चार्जबाट एक युवकको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । प्रदर्शनमा सहभागी ५०(६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

पक्राउ परेका पीडितहरुलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ।  मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्। उनीहरू यसअघि गौशाला क्षेत्रमा बस्थे।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.