add

पिपुल्स पावरको आईपिओमा आजदेखि आवेदन दिन पाईने,कति कित्ता भर्न पाइन्छ ?






ActPro Nepal

|

३१ साउन, २०७९

|
509

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (बिहान १० बजे)देखि प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर निष्काशन गरेको हो ।

निष्काशन भएको कुल सेयरमध्ये २ प्रतिशत कम्पनीका कर्मचारीलाई र १ लाख २३ हजार ३७० कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी बाँकी २२ लाख ९४ हजार छसय ८२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

सार्वजनिक आह्वानपत्रअनुसार सर्वसाधारण लगानीकर्ताले आगामी भदौ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे भदौ १४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा ‘मेरो सयर’को वेबसाइट र मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४मा पर्ने पुवा खोलामा ४।९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.