add

शेयर बजारको आरोलो यात्र कायमै, परिसुचक २०१० अंक पुग्दा १ अर्ब ८७ करोडको कारोबार






ActPro Nepal

|

२९ साउन, २०७९

|
434

काठमाडौं । शेयर बजारको आरोलो यात्र कायमै रहेको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २७.९२ अंकले घटेर २०१०.१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२३ कम्पनीको १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको ४५ लाख ५९ हजार २२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेको छ ।

त्यस्तै, हिमालयन डिस्ट्रलरी ६.१०, इमर्जिङ नेपाल , नेपाल लाइफ, मल्टीपर्पस फाइनान्स, हिमालयन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.१० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्टिलरी कम्पनीको भएको छ ।

यसको आज १६ करोड ५३ लाख भन्दा बढीको कारोबार भएको छ । नेपाल लाईफ इन्सारेन्सको ११ करोड २९ लाख र शिवम सिमेन्ट ८ करोड २० लाखको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.