add

साना किसान लघुवित्तको खुद नाफा १७ प्रतिशतले बढ्यो,ईपिएस कति ?






ActPro Nepal

|

२६ साउन, २०७९

|
498

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १७.४५ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ७० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ६० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ छ । त्यस्तै, संचालन मुनाफा १६.३९ प्रतिशतले बढेर १ अर्ब पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४३ करोड ८८ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.