काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट साढे २ अर्ब बढी ऋण ल्याएको छ ।
बैंकले आइएफसीबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब ५४ करोड नेपाली रुपैयाँ विदेशी ऋण ल्याएको हो ।
गत आर्थिक वर्षमा सानिमा बैंकले यस्तो ऋणको लागि पहल गरेको भए पनि चालु आर्थिक वर्षमा यस्तो ऋण प्राप्त भएको बैंकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकहरूको पङ्क्तिमा आफूलाई उभ्याउन सफल भएको बैंकले जारी गरिको विज्ञप्तिमा भनिएको छ ।
हाल बैंकिङ प्रणालीमा रहेको तरलता समस्याका बीच प्राप्त यो सहयोगले लघु, साना तथा मझौला क्षेत्रमा कर्जा प्रावहको लागि सहजता हुने बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताए।
तरलता संकट र हाल मुलुकमा घट्दै गएको विदेशी मुद्रा सञ्चितिमा समेत यसले राहत पुग्ने आइएफसी नेपालको लागि आवासीय प्रतिनिधि बाबकार एस फइले बताए।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।