add

निर्वाचनका लागि ४ मंसिरको मिति स्वाभाविक र अपेक्षित : अध्यक्ष ओली






ActPro Nepal

|

१९ साउन, २०७९

|
666

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गर्नु स्वाभाविक भएको बताएका छन्। 

बिहीबार कूटनीतिक मामिला हेर्ने पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले निर्वाचनको मिति घोषणाप्रति टिप्पणी गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।

‘निर्वाचन घोषणा स्वाभाविक हो । निर्वाचनमा देश जानुपर्छ भनेर हामीले भन्दै आएका थियौं,’ ओलीले भने ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमै निर्वाचन गर्ने निर्णय गरेको थियो । यसअघि निर्वाचन आयोगले ४ मंसिरमा एकै चरणमा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिनिधि सभाअन्तर्गत एक सय ६५ र प्रदेश सभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबारको बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो ।

नेपालको संविधान २०७२ जारी भएपछि २०७४ मा पहिलो आम निर्वाचन भएको थियो । आगामी मंसिरमा हुन लागेको यो दोस्रो आम निर्वाचन हो ।

सरकारको यो निर्णयपछि निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको प्रतिक्रिया दिएका छन् ।

आयोगले बिहिबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचनको तयारीका बारेमा जानकारी दिने बताएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.