add

प्राइम कमर्शियलको खुद नाफा साढे ३ अर्ब माथि, लाभांश क्षमता कति ?






ActPro Nepal

|

१८ साउन, २०७९

|
723

काठमाडौं । प्राइम कमर्शियल बैंकको खुद नाफामा सामान्य सुधार भएको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १२.६३ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ करोड बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब २६ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संचालन मुनाफा र खुद ब्याज आम्दानी बद्दा बैंकको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेर ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेर ५ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

हाल १८ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५० करोड र रिटेन्ड अर्निङमा २ अर्ब ३९ करोड रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले साढे १२ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी भने ५९ पैसा घटेर १९.७३ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४७.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.४३ गुणा, खराब कर्जा १.४० प्रतिशत, बेसरेट ९.९९ प्रतिशत, स्प्रेडदर ४.३७ प्रतिशत र सीडी रेसियो ८७.२ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.