add

एभरेष्ट बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै, लाभांश क्षमता कति ?






ActPro Nepal

|

१२ साउन, २०७९

|
715

काठमाडौं । एभरेष्ट बैंकले खुद नाफामा छलाङ मारेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ४३.७७ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७७ करोड बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ७७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत बढेर ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४२.६२ प्रतिशत बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

हाल ९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९ अर्ब ९ करोड, रिटेन्ड अर्निङमा ३ अर्ब ८९ करोड र सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले ४१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ७.०७ रुपैयाँ बढेर २६.८९ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २३९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १६.३२ गुणा, खराब कर्जा ०.२४ प्रतिशत, बेसरेट ८.८२ प्रतिशत, स्प्रेडदर ४.०६ प्रतिशत र सीडी रेसियो ८६.०४ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.