add

वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेलअघि शृंखला






ActPro Nepal

|

९ साउन, २०७९

|
695

काठमाडौं । रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय शृंखला एक खेल अघि नै कब्जा गरेको छ ।

आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।

भारतका अक्षर पटेलले आक्रमक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनायो ।

वेस्टइन्डिजका ओपनर शाई होपले सर्वाधिक ११५ रन बनाए । कप्तान निकोलस पुरनले ७४ रन बनाए । भारतका बलर शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिए ।

भारतले पहिलो खेल तीन रनले जितेको थियो । अब, अन्तिम खेल बुधबार हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.