add

मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुल्यो,कति गर्ने लगानी ?






ActPro Nepal

|

९ साउन, २०७९

|
1008

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले  आज (साउन  ९ ) देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर विक्रीमा ल्याएको हो।

निष्काशन भएको कुल सेयरमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले कम्पनीको आइपीओमा १२ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल बी प्लस आइएस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.