add

शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकममा पनि सुधार






ActPro Nepal

|

८ साउन, २०७९

|
530

काठमाडौं । शेयर बजारमा  मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै शेयर बजार उच्च अंकले बढेको हो ।  

मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको सीमा राखिएको थियो ।

उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएकोले जसको प्रभाव शेयर बजारमा परेको आंकलन गरेको छ ।

साताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)६१.०५  अंकले घटेर २०७८.५१ विन्दुमा पुगेको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१२ कम्पनीको २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६  रुपैयाँ बराबरको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक हरियो बनेको छ । उच्च अंकले बढेको बजारमा फाइनान्स र अन्य समूहका शेयरधनीले धेरै कमाएका छन् । 

यसमध्ये ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । 

त्यस्तै, आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, रिभर फल्स पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेप्सेका अनुसार आज एनएमबी डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा बढीले घटेको हो। 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज ३९ करोड ७१ लाख भन्दा बढीको कारोबार भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.