add

माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दार : महासचिव पोखरेल






ActPro Nepal

|

७ साउन, २०७९

|
778

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले नेतृत्व गर्न नपाउँदा कर्णाली प्रदेश सरकार कमजोर भएको टिप्पणी गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार एमालेले आयोजना गरेको कार्यक्रममा उनले कर्णाली पछि पर्नुमा एमाले दोषी नरहेको बताए ।

‘एमालेले कर्णाली सरकारको नेतृत्व गरेको भए यहाँको रूपरंग फेरिन्थ्यो । जनताले संघीयताको फाइदा लिन सक्थे । अब एमालेले नेतृत्व लिएर समृद्ध कर्णाली निर्माणमा लाग्नुपर्छ’, उनले भने ।

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको आरोप लगाए ।

उनले माओवादी र एकीकृत समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटौ नै नेपाली राजनीतिको बाटो भएको उनको तर्क छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.