add

पौडेल भन्छन्,‘बीपीको सिद्धान्त छाडेका छैनौँ’






ActPro Nepal

|

७ साउन, २०७९

|
862

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त कांग्रेसले नछाडेको बताए ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चालिसौँ स्मृति दिवसका अवसरमा तनहुँको भानु नगरपालिका-६ बरभञ्ज्याङस्थित बुद्धसिंह पार्कमा आयोजित वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सधैँ बीपीको पथमा हिँडिरहेको बताए ।

बीपीले भनेका विषयलाई समय सापेक्ष परिवर्तन गरिए पनि बीपीको आदर्श र सिद्धान्तलाई छाड्न नसकिने पौडेलको भनाइ छ । वरिष्ठ नेता पौडेलले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताए ।

गठबन्धनका विषयमा कुनै विवाद नरहेको भन्दै वरिष्ठ नेता पौडेलले लोकतन्त्र बचाउन र संविधान रक्षाका लागि पनि गठबन्धन आवश्यक रहेको धारणा राखे । वरिष्ठ नेता पौडेलले प्रत्येक गाउँमा पोखरी र चौतारी बनाउनुपर्ने बताए ।

पोखरी र चौताराको सभ्यतालाई कायम गर्नुपर्ने बताउँदै पौडेलले भने, ‘पहिला पहिला सबै गाउँमा पोखरी र चौतारा हुन्थे । यसले गाउँको सुन्दरता थपेको थियो । आजभोलि हराउँदै जान थालेको छ । यसलाई संरक्षण गर्नुपर्छ ।’

वरिष्ठ नेता पौडेलले तनहुँमा कांग्रेसको नेतृत्वमा धेरै काम सुरु भएकाले यसलाई सम्पन्न गराउने जिम्मेवारी पनि कांग्रेसको भएको बताए । उनले भने, ‘मेरो नेतृत्वमा धेरै पूर्वाधारका काम भएका छन् । यसलाई सम्पन्न गराउनेतर्फ म तीव्र गतिमा लागिरहेको छु ।’


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.