add

जुवातास नियन्त्रणमा पर्सा प्रहरीको अभियान






ActPro Nepal

|

७ साउन, २०७९

|
875

वीरगञ्ज । पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिक रूपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ।

ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका जुवातासलाई निरुत्साही पार्न अभियान चलाइएको जिल्ला प्रहरीका एसपी बेलबहादुर पाण्डेले बताए ।

चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजनालाई निरन्तता दिइएको उनको भनाइ छ ।

चाडपर्वमा हर्षोल्लासको माहोल र भीडभाड साविकभन्दा बढी हुने र त्यसबखत आर्थिक कारोबारको फाइदा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना वृद्धि हुने गरेको छ ।  सीमापारिबाट समेत अपराधी नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नका साथै निरन्तर जाँच गर्ने तथा शंकास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाइएको छ ।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी सुरक्षा रणनीति, कारबाही, ड्युटी परिचालनका साथै ट्राफिक व्यवस्थापनसम्मको योजना जारी गरेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.