add

दोहोरो अंकले घट्यो नेप्से परिसूचक






ActPro Nepal

|

६ साउन, २०७९

|
379

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से)२७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा झरेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार शुक्रवार २१२ कम्पनीको १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको ३३ लाख २० हजार ५१२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै प्रतिशत घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज सप्तकोशी विकास बैंकका शेयरधनीले सबैभन्दा धेरै ५.७९ प्रतिशत गुमाएका छन् ।

राष्ट्र उत्थान लघुवित्त ४.०२, लक्ष्मी इक्वीटी फण्ड, शिवम सिमेन्ट, गोर्खाज फाइनान्स लगायत आधा दर्जन बढीको शेयर मूल्य साढे ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रलरी पौने ७ करोड र गोर्खा फाइनान्स झन्डै ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याउने संकेत दिएसँगै लगानीकर्ता निराशा छाएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै छ ।

मौद्रिक नीतिमार्फ राष्ट्र बैंकले ब्याजदर वृद्धि, कर्जा लगानीमा नियन्त्रण, अनुत्पादक क्षेत्रमा जाने कर्जा लगायतका कडाइ गर्ने भएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.