add

लिङ्देन भन्छन्,‘संघीय व्यवस्था देशले धान्‍न सक्दैन’






ActPro Nepal

|

६ साउन, २०७९

|
794

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले खर्चिलो र अव्यवहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने बताएका छन्।

बिहीबारबाट काठमाडौंमा सुरु दुई दिने केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले जनप्रतिनिधि र प्रशासनिक खर्चको भार बोझिलो हुँदाहुँदै करको दायराले जनताको जनजीवन नै प्रभावित भएको भन्दै अव्यावहारिक संघीय व्यवस्था देशले धान्न नसक्ने पुष्टि भएको बताएका हुन् ।

उनले राजसंस्थालाई बहिष्करण गरेकै कारण हालसम्म पनि शान्ति प्रक्रियाले पूर्णता नपाएको तर्क गरे। उनले भने, ‘कथित १२ बुँदे सम्झौता विदेशीको इशारामा भएका कारण अहिलेसम्म शान्ति प्रक्रिया टुंगोमा लागेको छैन। देशमा भ्रष्टाचार झनै मौलाएको छ। यसको भागिदार प्रमुख दलका नेताहरु पनि हुन्।’

उनले चर्को मूल्यवृद्धि र व्यापा घाटा, वैदेशिक मुद्राको अल्प सञ्चिति, असन्तुलित आयात निर्यातको दर उत्तिकै कहालिलाग्दो रहेको बताए। उनले ठूला भनिएका दलहरुकै कारण मुलुकमा भ्रष्टाचार व्याप्त बनेको र मुलुकमा आर्थिक समस्या देखा परेको तर्क गरे।

बैठकमा अध्यक्ष लिङ्देनले प्रारम्भिक समसामयिक राजनीतिक परिवेश र भावी कार्ययोजना पेस गरेका थिए।

 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.