add

समयमा पारिश्रमिक नपाएकाे भन्दै श्रमजीवी–पत्रकार सङ्घको धर्ना






ActPro Nepal

|

६ साउन, २०७९

|
549

काठमाडौं । श्रमजीवी–पत्रकार सङ्घ, नेपालले नयाँ बानेश्वरस्थित जनता टेलिभिजनका पत्रकार तथा कर्मचारीहरूले समयमा पारिश्रमिक नपाएको भन्दै आन्दोलन सुरु गरेको छ। सो टेलिभिजनमा नौ महिनादेखि तलब नपाएको पीडित पत्रकारले गुनासो गरेका छन्।

सङ्घका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा टेलिभिजनको कार्यालय अगाडि आज कालो व्यानर र पोष्टरसहित एक घण्टा धर्ना दिइएको हो। अध्यक्ष जैसीले अहिलेको २१औँ शताब्दीमा पनि श्रम शोषण गरिनु लाजमर्दो भएको बताए।

धर्ना कार्यक्रममा सार्क जर्नालिस्ट फोरम, नेपाल च्याप्टरका संयोजक प्रकाश सिलवाल, सो सङ्घका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णुकुमार गिरीलगायतले ऐक्यबद्धता जनाएका थिए।

प्रारम्भिक चरणको आन्दोलनमा टेलिभिजनको कार्यालयमा धर्ना दिने, अझै पारिश्रमिक नआए सञ्चालक सदस्यहरूको घरमै पुगेर धर्ना दिने र त्यसपछि पनि अटेर गरे सबैको तस्बिरको पोस्टर बनाएर सञ्चालक समितिको छिमेक वरपर बाँड्ने कार्यक्रम रहेको आन्दोलनरत कर्मचारीहरूको भनाइ छ।

सो टेलिभिजनमा पीडित पत्रकार तथा कर्मचारीहरूले व्यवस्थापनसमक्ष तीन दिने अल्टिमेटम दिँदै छ बुँदे माग राखेका छन्। जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा विजय पौडेलले पत्रकार तथा कर्मचारीको बक्यौता रकम चाँडै भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरे।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.