add

बजेट निर्माण विवाद प्रकरण : जनार्दन शर्मामाथि छानबीन गर्न बनेको समितिको म्याद सात दिन थप






ActPro Nepal

|

६ साउन, २०७९

|
461

काठमाडौँ । बजेट निर्माणमा अनाधिकृत व्यक्ति छिरेको भन्दै विपक्षी एमालेले संसदमा आवाज उठाएपछि गठन भएको संसदीय छानविन विशेष समितिको समय ७ दिन थप भएको छ । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नी सापकोटाले समय थप गर्ने प्रस्ताव गरेका थिए । यसलाई सदनले सर्वसम्मत स्वीकृति दिएको हो ।

यसअघि यो समितिको अवधि १० दिनको थियो । यसबीचमा समितिले आरोप लागेअनुसार पुष्टी गर्ने कुनै प्रमाण भने फेला पारिसकेको छैन । समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार नै बयान लिएको छ ।

यसअघि मन्त्रालयका अधिकारी, प्राविधिक र अन्य सरोकारवालासँग समेत समितिले बयान लिइसकेको छ । सबैले इन्कार बयान दिएका छन् । उता, अर्थ मन्त्रालयको सिसिटीभी क्यामराको फुटेज रिकोभर गर्ने जिम्मा भने नेपाल प्रहरीलाई दिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.