add

झिनो अंकले बढ्यो नेप्से,परिसुचक २०५० अंक पुग्दा १ अर्ब ७३ करोडको कारोबार






ActPro Nepal

|

४ साउन, २०७९

|
598

काठमाडौं । साताको कारोबारको चौंथो दिन शेयर बजार झिनो अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ४.८९ अंकले बढेर २०५०.५९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१५ कम्पनीको १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार २ अर्ब २९ करोड ९३ लाख १६ हजार २२६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ वटाको घटेको छ ।

फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै १.९१ प्रतिशतले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै ०.५९ प्रतिशत घटेको छ।

झिनो अंकले बढेको बजारमा आज मल्टीपर्पस फाइनान्सका लगानीकर्ताले धेरै ५.६९ प्रतिशत कमाएका छन् ।

त्यसैगरी, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स ३.७८, गोर्खाज फाइनान्स ३.४७, जानकी फाइनान्स ३.३६, आइसीएफसी फाइनान्स ३.१२, पोखरा फाइनान्स, लिबर्टी इनर्जी, तेह्रथुम पावर र वीनन नेपाल लघुवित्तका शेयरधनीले साढे २ प्रतिशत कमाएका छन् ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, हिमालय डिष्ट्रिलरी ७ करोड र आइसीएफसी फाइनान्स ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.