add

थप पाँच जिल्लाबाट अनलाइन मतदाता नामावली भर्ने सकिने,यसरी गर्नुहोस् दर्ता






ActPro Nepal

|

४ साउन, २०७९

|
987

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ।

आयोगले नमूनाका रूपमा सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने कार्य मंगलबारदेखि काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा निर्वाचन कार्यालयबाट समेत गर्न सकिने व्यवस्था मिलाएको हो।

आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलका अनुसार अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको आठै जिल्लाका निर्वाचन कार्यालय समयमा औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको छ।

मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले आयोगको www.election.gov.np मा गएर व्यक्तिगत विवरण भर्न सकिन्छ।

विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध गराइनेछ । सो पश्चात उल्लेखित संकेत न सहित प्रिन्ट कपी र आवश्यक अन्य कागजपत्र लिएर जिल्ला निर्वाचन कार्यलयमा भने सम्पर्क गर्नु पर्नेछ ।

त्यसपछि अनलाइन फारममा उल्लेख भएको संकेत नम्बरसहित प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ।

यो सँगै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

सो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.