add

नेप्सेको उकालो यात्रा कायमै,परिसुचक २०४५ अंक पुग्दा २ अर्ब २९ करोडको कारोबार






ActPro Nepal

|

३ साउन, २०७९

|
616

काठमाडौं  । साताको कारोबारको तेस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) १६.२० अंकले बढेर २०४५.६३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार २२६ रुपैयाँ बराबरको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ । सोमवार १ अर्ब २९ करोड २३ लाख ६६ हजार ९०६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.७० प्रतिशतले बढेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जीङ नेपाल लिमिटेडको शेयरमूल्य पनि ८.०१ प्रतिशतले बढेर प्रतिकित्ता ८३६ रुपैयाँ पुगेको छ ।

आज सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको हो।

त्यस्तै, एभरेष्ट बैंकको १० करोड ५ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ४८ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८८ लाख र अरुण काबेली पावरको ५ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज सिभिल बैंक डिभेञ्चर २०८८ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

लगानीकर्ताहरु शेयरबजारमा सुधार आउन नयाँ आर्थिक वर्षको मौद्रिक नीतिको प्रतिक्षामा रहेका छन् ।

पछिल्लो समय शेयरबजारमा कारोबारमा खासै उत्साह देखिएको छैन । नेप्सेमा सूचीकृत कम्पनीहरु मर्जरमा गएसँगै नेप्सेले सो कम्पनीहरुको कारोबार रोक्का गरिदिएका कारण पनि कारोबार घट्न पुगेको हो ।

बजारले नयाँ मौद्रिक नीतिको पूर्वसन्ध्यामा सकारात्मक संकेत गरिरहेको छ। यसअघि मौद्रिक नीति सार्वजनिक भएसँगै बजार विस्तारै घट्न थालेको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.