add

स्थानीय तहलाई प्रधानमन्त्री रोजगार कार्यक्रमको आग्रह : करारका कर्मचारी नहटाउनू






ActPro Nepal

|

३ साउन, २०७९

|
652

काठमाडौं  । प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन स्थानीय तहरूलाई आग्रह गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना निकाल्दै  प्रधानमन्त्री रोजगार कार्यक्रमले करारका कर्मचारी नहटाउन गाउँपालिका र नगरपालिकाहरूलाई आग्रह गरेको हो । 

राष्ट्रिय कार्यक्रम निर्देशक डुण्डुराज घिमिरेले जारी गरेको सूचनामा भनिएको छ कार्यक्रमको शुरुवातदेखि नै भर्ना गरिएका जनशक्तिलाई तलब, भत्ता र अन्य सेवा सुविधा प्रदान गरी संघीय सरकारले लगानी गरी मानव पूँजी निर्माण गरेको र यो कार्यक्रम केन्द्रिय सशर्त अनुदान अन्तर्गत संचालित कार्यक्रम रहेकाले एकमुष्ठ रुपमा कर्मचारीलाई सेवाबाट हटाउँदा प्रधानमन्त्री रोजगार कार्यक्रम र युवारुप कार्यक्रमको सोच, लक्ष्य र उद्देश्यमा दख्खल  पर्नेछ । 

‘कानूनी प्रक्रियाअनुसार बाहेक सेवाबाट कर्मचारी नहटाउन पुन: अनुरोध गरिन्छ,’ निर्देशक घिमिरेले भनेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.