add

नेप्सेको उकालो यात्रा कायमै,परिसुचक २००९ अंक पुग्दा १ अर्ब ४५ करोडको कारोबार






ActPro Nepal

|

३१ असार, २०७९

|
579

काठमाडौं ।  साताको कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३१ कम्पनीको १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँ बराबरको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच भएका छन् ।

आज दुईघण्टाको कारोबारमा आएका १३ उपसमूहहरू मध्ये ६ वटा बढेको छ भने ७ वटा घटेको छ ।म्युचुअल माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.५७ प्रतिशतले बढेको छ भने अन्य समूह १.६८ प्रतिशतले घटेको छ ।

एकल अंकले बढेको बजारमा आज आधादर्जन म्यूचुअल फण्ड र डिबेन्चरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ र माछापुच्छे डिबेन्चर २०८५ का धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, सानिमा बैंक डिबेन्चर २०८५, एनआइसी एशिया डिबेन्चर २०८३, कृषि विकास बैंक डिबेन्चर २०८३, नबिल ब्यालेन्स फण्ड ३ र आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले करिब १० प्रतिशत कमाएका छन् ।

नेप्सेका अनुसार आज ग्रीन लाइफ हाइड्रोको शेयरमूल्यमा उच्च गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

आज अपर तामाकोशीकोे सर्वाधिक कारोबार भएको छ । यसको पौने २० करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंक झन्ड ७ करोड र किसान लघुवित्तको प्रमोटर शेयर साढे ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.