add

दोहोरो अंकले बढ्यो नेप्से,परिसुचक १९२७ अंक पुग्दा १ अर्ब ७० करोडको कारोबार






ActPro Nepal

|

२८ असार, २०७९

|
500

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन उच्च अंकले घटेको बजार दोस्रोदिन भने दोहोरो अंकको सुधार आएको हो ।

मंगलवारशेयर बजार मापक सूचक नेप्से ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२६ कम्पनीको १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँ बराबरको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ उपसमूहहरू हरियो भएको छ । होटल समूह सबैभन्दा धेरै १.६८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, हाइड्रोपावर, उत्पादनमूलक र व्यपार समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज यसमध्ये पनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको ८.२२ प्रतिशतले बढेको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्ड ६.२७, अरुण काबेली ५.८५, बलेफी हाइड्रोपावर ५.७१, सेन्टर फाइनान्स, ग्रामीण विकास लघुवित्त, सनराइज ब्लूचिप फण्ड, मिथिला लघुवित्त, सिभिल लघुवित्त र ग्रीन लाइफ हाइड्रोपावरको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ।

नेप्सेका अनुसार नयाँ सारथी लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज ७ करोड ९५ लाख भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, गोर्खा फाइनान्स साढे ७ करोड र शिवम् सिमेन्टको ७ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.