add

मन्त्रिपरिषद हेरफेर तयारी :जसपाबाट बन्दैछन् यी तीन मन्त्री






ActPro Nepal

|

१९ असार, २०७९

|
692

काठमाडौं ।  प्रधानमन्त्री  शेरबहादुर देउवाले मन्त्रीमण्डल पुर्नगठन गर्ने भएका छन् । 

जनता समाजवादी पार्टी, नेपालबाट तीन मन्त्री हेरफेर गर्दै देउवाले मन्त्रीमण्डल पुर्नगठन गर्न लागेका हुन् । 

वालुवाटार स्रोतका अनुसार अब जसपाबाट मृगेन्द्र कुमार सिंह यादव कृषि तथा पशुपंक्षी मन्त्री, मोहमद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री र प्रदिप यादव वन तथा वातावरण मन्त्री नियुक्त हुने भएका छन् । 

हाल रेनुकुमारी यादव भौतिक पूर्वाधारमन्त्री, महिन्द्र राय यादव कृषिमन्त्री  र रामसहाय प्रसाद यादवले वन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

यसअघि प्रधानमन्त्री देउवाले गत असार १२ गते समाजवादीबाट केहि मन्त्रीको हेरफेर गरेका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.