add

माओवादीको केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् एजेन्डा






ActPro Nepal

|

१९ असार, २०७९

|
668

काठमाडौं  । स्थानीय तहको चुनावको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दै छ।

आज बिहान ११ बजे काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्न लागेको कार्यालय सचिव श्रीराम ढकालले बताए। उनका अनुसार बैठकमा चुनावी समीक्षा, पदाधिकारीको पूर्णता, आगामी चुनावको तयारीलगायतका विषयमा छलफल हुनेछ।

माओवादीको गत पुस १९ गते सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो। अध्यक्षबाहेकका पदाधिकारी अझै चयन हुन सकेको छैन।

माओवादीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ। त्यस्तै, स्थायी कमिटी र पोलिटब्यूरो गठन हुन पनि बाँकी नै छ।

यससँगै आगामी संघ र प्रदेश सभाको चुनावका विषयमा पनि छलफल हुने जनाइएको छ। मंसिरभित्रै संघ र प्रदेश सभाको चुनाव गर्ने निर्वाचन आयोगको तयारी छ।

एजेन्डा यसप्रकार छनः   

१. महान सहिदहरुप्रति श्रद्धाञ्जली 

२. केन्द्रीय कमिटीका नयाँ सदस्यहरुको शपथ ग्रहण 

३. बैठक सञ्चालनबारे अध्यक्षबाट जानकारी 

४. प्रदेशका तर्फबाट अध्यक्षहरु र मधेस प्रदेशका हकमा इन्चार्जबाट संक्षिप्त रिपोर्टिङ 

५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट 

६. संगठनात्मक विषय (क) पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन (ख) कार्यविभाजन र संरचना

७. स्थानीय निर्वाचनको समीक्षा

८. आगामी प्रदेश र संघको निर्वाचको तयारी

९. विविध


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.