add

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक : प्रधानमन्त्री देउवा






ActPro Nepal

|

१८ असार, २०७९

|
623

बारा ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बारामा आएर निजगढमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणको आवश्यकता रहेकाे बताएका छन्।

बारामा निर्माण भइरहेको निजगढ विमानस्थलको अवलोकन तथा निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले निजगढमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु आवश्यक रहेको बताएका हुन्।

सत्ता गठबन्धन दलका नेताहरूसहित आज (शनिबार) उनी निजगढस्थित प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण स्थलको प्रगतिसहित जानकारी लिने उद्देश्यले उनी निजगढ आएका हुन्।

स्थलगत निरीक्षणमा प्रधानमन्त्री देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यावदलगायत नेता छन्। अर्थमन्त्री जनार्दन शर्मा, खानेपानीमन्त्री उमाकान्त चौधरी, पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत पनि निजगढ आएका छन् । 

विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले निजगढमा दुइटा रनवेसहित विमानस्थल बनाउने बताए। ‘विमानस्थल निर्माणबारे विज्ञसँग छलफल गरिरहेका छौं। कम क्षतिमा जसरी पनि विमानस्थल निर्माण गर्छौं,’ उनले भने।

प्रधानमन्त्री देउवाले मात्र नभएर सत्ता गठबन्धन दलका अन्य शीर्ष नेताहरूले पनि निजगढमा विमानस्थल बन्नुपर्नेमा जोड दिए। विमानस्थल निर्माणमा सबैको सहयोग हुनुपर्ने उनीहरूको भनाइ थियाे। शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा विश्वस्त हुन पनि आग्रह गरे। 

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले आज पहिलोपटक निजगढको भ्रमणमा आएका हुन्।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले निजगढमा विमानस्थल बनाउन कुनै रोकावट नहुने बताए। ‘सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश छैन। विमानस्थल जसरी पनि बन्छ,’ उनले भने, ‘निजगढ एयरपोर्ट राष्ट्रिय गौरवको एउटा ड्रिम प्रोजेक्ट पनि हो।’ काठमाडौं–निजगढ फास्टट्रयाक डिपिआरमै पनि निजगढ विमानस्थलको आवश्यकतालाई मध्यनजर गरेर तयार पारिएको उनले बताए।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि निजगढमा विमानस्थल बनाउन अदालतबाट बाटो खुलेको बताए। ‘अदालतबाट यसको बाटो खुला भएको छ। प्राकृतिक स्रोतसाधनको कम क्षति हुने गरी विमानस्थल बनाउनुपर्छ।’

जसपा अध्यक्ष यादवले भविष्यलाई समेत हेरेर आयोजना निर्माण गरिनुपर्ने बताए। निजगढमा रहेका पुराना बस्तीलाई जोगाएर आयोजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.