add

जीवन बीमा कम्पनीले संकलन गरे १ खर्ब १९ अर्ब बीमा शुल्क, कुनले कति आर्जन गरे बीमा शुल्क ?






ActPro Nepal

|

१६ असार, २०७९

|
1118

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा साउन– जेठ जीवन बीमा कम्पनीहरुले १ खर्ब १९ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले प्रथम, नवीकरण र वैदेशिक रोजगारी बीमा गरी सो बीमा शुल्क संकलन गरेका हुन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ ।

नेपाल लाइफले ३० अर्ब ६७ करोड  रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत वर्षको सोही अवधिमा २७ अर्ब ५७ करोड रुपैयाँ शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष २५ प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । सबैभन्दा कम व्यवसाय गर्नेमा गुँरास लाईफ इन्स्योरेन्स छ । यस कम्पनीले २ अर्ब ७३ करोड रुपैयाँ शुल्क संकलन गरेको छ।

यो गत वर्षको तुलनामा १३.७९ प्रतिशतले कमी हो । समीक्षा अवधिमा यस कम्पनीले ३ अर्ब १७ करोड रुपैयाँले बीमा शुल्क संकलन गरेको थियो । व्यवसाय विस्तारमा सन नेपाल लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ आक्रमक देखिएका छन् ।

गत वर्ष १ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको सन नेपालले यस वर्ष वृद्धि गरेर ३ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ । यसैगरी ७६ करोड रुपैयाँ शुल्क आर्जन गरेको महालक्ष्मीले यस वर्ष १ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ ।

सिटिजनले ४ अर्ब ६१ करोड, प्रभु लाईफ १ अर्ब ७४ करोड,आइएमई लाईफ २ अर्ब ८५ करोड,प्राइम लाईफ ४ अर्ब ४५ करोड,रिलायबल ३ अर्ब ४३ कारोड,नेशनल लाईफ इन्स्योरेन्सले १२ अर्ब रुपैयाँ शुल्क संकलन गरेको समितिले जनाएको छ ।

यसैगरी, ज्योती लाईफ ३ अर्ब २१ करोड,सानिमा २ करोड ३ लाख,युनियन ६ अर्ब ९३ करोड,रिलायन्स २ अर्ब ५८ करोड,एसियन ६ अर्ब, सुर्या ४ अर्ब २५ करोड,मेटलाईफ ४ अर्ब ७८,राष्ट्र्रिय बीमा संस्थान ४ अर्ब ४९ करोड र लाईफ इन्स्योरेन्स कर्पोरेसनले १४ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

बाग्मती केन्द्रत बीमा लेख,कर्णाली कमजोर

जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको बाहुल्यता बाग्मती प्रदेशमै देखिएको छ । जनसंख्याको चाप र कम्पनीहरु सहर केन्द्रीत हुँदा ग्रामीण इलाकाहरुबाट न्यून बीमालेख जारीभएको समितिको तथ्यांकले देखाउँछ ।

चालु वर्षको जेठ मसान्तसम्म जारी गरेका कुल १ करोड २६ लाख ३२ हजार ३७३ बीमालेख मध्ये बाग्मती प्रदेशबाट मात्र ८३ लाख ८ हजार बीमा लेख जारी गरीएको छ ।

समितिका अनुसार सावधिक जीवन बीमा,म्यादी जीवन बीमा, लघुजीवन बीमा,एकल बीमाशुल्क जीवन बीमा, आजीवन जीवन बीमा र वैदेशिक रोजगार म्यादी जीवन बीमा गरी बीमालेख जारी गरिएका छन् ।

वित्तीय पहुँच, विकासका संरचना र समग्र रुपमा पछि देखिएको कर्णाली प्रदेशबाट सबैभन्दा कम २ लाख २३ हजार जीवन बीमालेख जारी गरिएको छ ।

यसैगरी, १ नम्बर प्रदेशमा ११ लाख ४० हजार,मधेसमा ५ लाख १२ हजार,गण्डकीमा १० लाख ४२ हजार,लुम्बिनी ९ लाख १२ हजार र शुदुरपश्चिम प्रदेशबाट ४ लाख ९३ हजारको संख्यामा विभिन्न जीवन बीमालेख जारी गरएिको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.