add

हलेसी तुवाचुङको बजेट ६४ करोड ५८ लाख






ActPro Nepal

|

१० असार, २०७९

|
399

काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि अनुमानित साढे ६४ करोडको बजेट पेस गरेको छ ।

बिहीबार सम्पन्न ११औं नगरसभाबाट नगरपालिकाले ६४ करोड ५८ लाख २७ हजार ४५० रूपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो ।

कुल बजेटमध्ये ससर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदानका लागि विनियोजन गरेर बाँकी रहेको १८ करोडको परिधिमा रहेर नगरपालिकाले बिकास बजेट तय गरेको हो ।

१८ करोडमध्येबाट पुँजीगततर्फ १३ करोड ५० लाख र चालुतर्फ चार करोड ५० लाख विनियोजन गरिएको छ ।

उपमेयर रमेश राउतले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा प्रशासनिक खर्चतर्फ कुल बजेटको २५ प्रतिशत, पूर्वाधार विकास समितितर्फ कुल बजेटको ३७.१ प्रतिशत, सामाजिक विकासतर्फ कुल बजेटको २१.७७ प्रतिशत, आर्थिक विकासतर्फ कुल बजेटको ९.९० प्रतिशत, वन, वातावरण, विपद, फोहोरमैला व्यवस्थापनतर्फ कुल बजेटको १.१७ प्रतिशत र सामाजिक सेवा तथा सुशासनतर्फ कुल बजेटको ४.८ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ ।

नगरपालिकाले वडालाई विगतको तुलनामा १० प्रतिशतका दरले बजेट बढाएर बिनियोजन गरेको नगर प्रवक्ता कमल गिरीले बताए ।

नगरपालिकाले भूमि बैंकको अवधारणालाई अवलम्बन गरी खेतीयोय जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, बाली तथा पशु विमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, बाँझो जमिनमा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुटलगायतका नगदेबाली खेती गर्ने कृषकलाई नगद प्रोत्सान स्वरुप प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

त्यस्तै, नगरमा सम्भावना बोकेको गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता महत्वपूर्ण उत्पादन नगर आगन्तुकलाई प्रदान गर्न, मायाको चिनोरकोसेलीको रूपमा बिक्री वितरणको व्यवस्था मिलाइ प्रवर्द्धन गर्ने, नगरभित्रका उच्च शिक्षा (डाक्टर, इन्जिनियर र पाइलट) अध्यायन गर्न चाहने विपन्न,जेहेन्दार तथा विद्याबारिधि गर्ने विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्थापन गर्ने, सुविधा सम्पन्न नगर अस्पाल निर्माण गरी स्वास्थ्य विमा कार्यक्रम लागू गर्नेलगायतका नीति तथा कार्यक्रम अघि सारेको छ ।

नगरसभा मेयर बिमला राईको सभापतित्वमा सम्पन्न भएको हो । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.