add

मोटरसाईकल चोरी गर्ने तामाङ्ग ट्राफिक प्रहरीको नियन्त्रणमा






ActPro Nepal

|

६ असार, २०७९

|
679

काठमाडौं । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मी सडक खण्डबाट बास्तविक नम्बर परिवर्तन गरी बाग्मति प्रदेश-०२-०१५ प ४४०० नम्बरको सेतो २०० सि.सि.को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा जिल्ला मकवानपुर थाहा न.पा.-११ घर भई हाल कलंकी बस्ने वर्ष २३ को प्रताप तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिए ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बाग्मति प्रदेश-०२ – ०१२ प ८२०६ रहेको खुल्न आएको छ । उक्त मोटरसाइकल झुलपोखरी मच्छेगाउँ थानकोटबाट हराएको भनी विविध बिष्टले हिलियासहित यस कार्यालयमा निवेदन दिएका थिए । पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त थानकोटमा पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.