add

एनएमबि बैंकले ल्यायो मुद्दतिमा दोब्बर प्रतिफलको योजना






ActPro Nepal

|

६ असार, २०७९

|
459

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकको लागि आकर्षक मुद्दति योजना एनएमबि डबल मुद्दति र एनएमबि जन्मभूमि डबल मुद्दति सार्वजनिक गरेको छ। 

एनएमबि डबल मुद्दति योजना अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात पचाँसस हजार रुपैयाँ वा सोभन्दा बढी रकमको मुद्दति खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ।

त्यसैगरी, एनएमबि जन्मभूमि डबल मुद्दति योजनामा नेपालीहरूले वैदेशिक रोजगारीबाट  रेमिटेन्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ।

सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दति रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दति रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ। 

एनएमबि बैंकले हाल देशभर रहेको आफ्नो २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.