add

आयल निगम मासिक घाटा ४ अर्ब ७० करोड घाटामा






ActPro Nepal

|

६ असार, २०७९

|
509

काठमाडौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप आइतवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ तथा डिजेल र मट्टितेल मूल्य २७ रुपैयाँ बढाएर पठाएको हो ।

लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको घाटा पनि चुलिँदै गएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा निगमका अनुसार निगमले सबैभन्दा बढी मार एलपी ग्यासमा खाएको छ ।

एलपी ग्यासले मात्र १५ दिनमा एक अर्ब १३ करोड ९७ लाख रुपैयाँ घाटा र मासिक २ अर्ब २८ करोड रुपैयाँ नोक्सानी परेको जनाएको छ । निगमलाई मासिक रुपमा ४ अर्ब ७० करोड रुपैयाँ घाटा रहेको उसले जनाएको छ ।

‘यही असार मसान्तसम्म ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ’ विज्ञप्तिमा छ ।

पेट्रोलमा प्रतिलिटर १३.५८ रुपैयाँ, डिजेलमा १३.९५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१.१४ रुपैयाँ घाटा पर्ने जनाएको हो ।

निगमले मध्यरातमा जारी गरेको विज्ञप्तिअनुसार एक लिटर पेट्रोलको खरिद मूल्य हाल २१२.५८, डिजेलमा २०५.९५ र एक सिलिण्डर खाना पकाउने ग्यासको खरिद मूल्य २५५१.१५ रुपैयाँ परेको छ ।

निगमलाई मट्टितेल, आन्तरिक र बाह्य इन्धनमा मात्र नाफा छ । मट्टितेलमा प्रतिलिटर ४३.०६ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतलिटर १३.६१ रुपैयाँ र बाह्य हवाई इन्धना प्रतिलिटर ५६.६७ रुपैयाँ नाफा छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.