add

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन






ActPro Nepal

|

६ असार, २०७९

|
527

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले इन्धनमा भएको भारी मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसबारे सरकारको जवाफ नआएसम्म सदन अवरुद्ध गर्ने बताएपछि सभामुखले निर्देशन दिएका हुन्। 

प्रतिनिधिसभाको आज (सोमबार) बसेको बैठकमा एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी थिइन्। उनले मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नसक्ने बताएपछि एमाले सांसदहरूले सिटबाट उठेर विरोध गरेका थिए।

त्यसपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए।

सांसद अर्यालले भनेकी थिइन्, ‘मूल्यवृद्धि गरेर जनतालाई आहात बनाइएको छ, जनताको जीवन कष्टकर बनेको छ। एमाले टुलुटुलु हेरेर बस्न सक्दैन।’

यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो भनेर उनले प्रश्न गरेकी थिइन्। ‘मन्त्रीले जवाफ नदिएसम्म सदन चल्न सक्दैन। आज नै जवाफ दिन मन्त्रीलाई रुलिङ गर्न माग गर्दछु,’ उनले भनेकी थिइन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.