add

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते






ActPro Nepal

|

५ असार, २०७९

|
308

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ।

बनगाड कुपिण्डे नगरपालिका ४ देउलीबाट डोप्के जाँदै गरेको भे १ ज १०२१ नम्बरको जीप गएराति दुर्घटना भएको हो।

दुर्घटनामा परी बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका ३२ वर्षीय मोतिलाल बुढा, ५७ वर्षीय मने बुढा, ६९ वर्षीय सहदेव बुढा, ५० वर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेको सल्लीबजारमा उपचार भइरहेको छ। घाइतेमध्ये मोतिलाल बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुमित खड्काले बताए।

उनका अनुसार जीप एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको हो। जीप चालक भागेका छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.