add

बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा






ActPro Nepal

|

३ असार, २०७९

|
536

काठमाडौं, ३ असार । बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले कार्यालयमा दिउँसो ३ बजे आइपीओ बाँडफाँड गरेको हो ।

सर्वसाधारणलाई छुट्याइएको १३ लाख ६५ हजार कित्ता आइपीओ एक लाख ३६ हजार ५ सय जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेकोमा २ हजार ७ सय ३८ जनाको आवेदन रद्द भएको छ। १७ लाख ८९ हजार १ सय ५७ जना आवेदक योग्य भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण यो गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले जेठ २० गतेदेखि २५ गतेसम्म १५ करोड रुपियाँ बराबरको १५ लाख कित्ता आइपीओ निष्काशन खुला गरेको थियो ।

कूल निष्काशन मध्ये ६० हजार कित्ता कर्मचारीको लागि, ७५ हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी १३ लाख ६५ हजार कित्ता सर्बसाधारणका लागि छुट्याइएको थियो ।

 कहाँबाट हेर्ने रिजल्ट ?

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

वेबसाइट www.sanima.capita र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

कम्पनीको वेबसाइट www.bindhyabasinihydro.com.np बाट पनि रिजल्ट हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.