add

निर्मला पन्त हत्या प्रकरण : ६३१ सँग सोधपुछ, १०७ को डिएनए परीक्षण






ActPro Nepal

|

२ असार, २०७९

|
787

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न पत्ता लगाउन सरकारले हालसम्म १०७ जनाको डिएनए परीक्षण गरेको पाइएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानबारे बुधबार सांसदहरूको प्रश्नको जवाफ दिँदे गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान जारी रहेको र धेरै मानिस अनुसन्धानको दायरामा रहेको जानकारी दिए ।

उनले उक्त घटनाका सम्बन्धमा ६३१ जनासँग सोधपुछ र कूल १०७ जनाको डिएनए परीक्षण गरिसकिएको बताए ।

त्यति गर्दासमेत दोषी पहिचान नभएको गृहमन्त्री खाणले बताए ।

यस्ता घटनामा डिएनए परीक्षण नै उपयुक्त हुने भए पनि १०७ जनाको परीक्षणमा समेत पत्ता नलागेको तर अनुसन्धान भने जारी रहेको उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.