add

कर्णाली प्रदेशले ल्यायो साढे ३२ अर्बको बजेट (पूर्णपाठ)






ActPro Nepal

|

२ असार, २०७९

|
714

काठमाडौं । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि साढे ३२ अर्बको बजेट ल्याएको छ । बुधबार प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आगामी आवका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको पेश गरेका हुन् ।

कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार, पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ र

वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आवमा खर्च नभएको ४ अर्ब ५५ करोड ४५ लाख ८५ हजार, संघीय सरकारबाट राजश्व बाँडफाँट वापत प्राप्त हुने ९ अर्ब २ करोड २० लाख, वित्तिय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानबाट ५ अर्ब ६९ करोड ६७ लाख प्राप्त हुने बजेटमा उल्लेख छ ।

त्यस्तै, संघ सरकारबाट प्राप्त हुने समपूरक अनुदान १ अर्ब २१ करोड ५० लाख, विशेष अनुदान ६६ करोड ८० लाख, वैदेशिक सहायताबाट २ करोड ५ लाख ४ हजार स्रोत परिचालन हुने जनाइएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.