add

सम्पत्ति विवरण सार्वजनिक नगरी बाहिरिए चार मन्त्री






ActPro Nepal

|

२३ जेठ, २०७९

|
705

काठमाडौं । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिने भएका छन् ।

मन्त्री नियुक्त भए लगत्तै सम्पति विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिने भएका हुन् । 

जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री कृष्णकुमार श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री रहेका छन् । 

यसअघि सरकारका सबै मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्दै आए पनि प्रधानमन्त्री देउवाले पटकपटक मन्त्रीमण्डल हेरफेर गर्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेर नयाँ रेकर्ड कायम गरेका छन् ।

नेकपा (एस) ले चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङलाई बढुवा गर्दै फुल मन्त्री बनाएर सोही मन्त्रालयको जिम्मेवार दिइएको छ ।

सोही पार्टीका जीवनराम श्रेष्ठ पर्यटन मन्त्रालय, मेटमणि चौधरी शहरी विकास मन्त्रालय र शेरबहादुर कुँवरले श्रम मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने भएका छन् भने बढुवा भएका खापुङको स्वास्थ्य राज्य मन्त्रीको स्थानमा हिराचन्द्र केसीले जिम्मेवारी पाएका छन् ।

देउवा सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मासहित नेकपा एसका पाँच जना मन्त्री रहेका छन्। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.