add

बजेटले मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्दैन : राजेन्द्र लिङ्देन






ActPro Nepal

|

१८ जेठ, २०७९

|
795

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि नियन्त्रण गर्न र देशकै आर्थिक संकट टार्न सक्ने कार्यक्रम नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट मूल्यवृद्धि नियन्त्रण र आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालको नरहेको बताएका हुन् ।

आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको बजेटको स्रोतसमेत खुलाउन नसकेको भन्दै उनले बजेटमा सञ्चालानमै नरहेको हेटौँडा उद्योगको कपडा लगाउने कार्यक्रम रहेको र सो उद्योग चलाउने विषयमा मौन रहेको बताए ।

बजेटमा भ्रष्टाचार नियन्त्रण, सुशासनका विषयमा उल्लेख नै नभएको भन्दै उनले युवालाई विदेश पहलायन रोक्ने र युवालाई लागूऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि नरहेको बताए । बजेट कार्यान्वयन हुनै नसक्ने भन्दै उनले बजेट कार्यान्वयनकै चरणमा अर्को सरकार आउने पनि बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.