add

तारा एयर दुर्घटना : ज्यान गुमाउने परिवारप्रति कांग्रेसको समवेदना






ActPro Nepal

|

१६ जेठ, २०७९

|
991

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा तारा एयरको यात्रूवाहक जहाज दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नेपाली कांग्रेसले दुःख प्रकट गरेको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा १९ यात्रू र तीन चालक दलका गरी २२ जनाको मृत्यु भएको छ । 

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सोमबार विज्ञप्ति जारी गरी दुर्घटनामा जीवन गुमाउने विमान चालक, सहचालक, परिचारिका र यात्रूहरूमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

कांग्रेसले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न पनि नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.